काठमाडौं :उद्योगमन्त्री लेखराज भट्टले माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन्। संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पार्टीले समर्थन फिर्ता लिए पनि आफू नफर्कने बताएका हुन्।  सांसद् पद गए पनि जाओस् भन्नेमा हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यसको कानुनी व्यवस्थाबारे पनि छलफल भइरहेको छ।’