काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार जोगाउन लाग्ने बताएका छन्। आज संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै खनालले अहिलेको सरकार जोगाउन लागिपर्ने बताएका हुन्। ओली नेतृत्वको सरकार जोगाउन लाग्नु हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यही सरकार नै अरू दुई वर्ष जानुपर्छ।’