भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर ४ वर्ष अघि शहीद भएका गोविन्द गौतमको चौथो स्मृति दिवस आज मनाइदैछ ।

२०७३ साल फागुन २६ गते आजकै दिन नेपाल–भारत सीमाक्षेत्र स्थित आनन्दबजार नजिकै भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर ज्यान गुमाएका पुनर्वास नगरपालिका ४ का ३२ वर्षीय गौतमको स्मृति दिवस मनाएर सम्झना गरिन लागेको हो। स्मृति दिवसका अवसरमा पुनर्वास नगरपालिकाले शहीद गौतमको शालिकमा माल्यापर्ण कार्यक्रम राखेको छ।  नेपाल–भारत सीमा क्षेत्रनजिकै नेपाली भूमि आनन्दबजारको नालामा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय पक्षले अवरोध गरेपछि सर्वसाधारणले विरोध गरेका थिए।सोही क्रममा गौतमलाई भारतीय सुरक्षाकर्मीले गोली प्रहार गरेका थिए।