महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर स्थीत शिवधाममा महाशिवरात्री मेला हुने भएको छ ।
फागुन २७,२८ र २९ गते तीन दिन महाशिवरात्री मेला अयोजना गरिने शिवधाम क्षेत्र विकास समितिले जनाएको छ । मेलाको तयारीका लागि शिवधाम क्षेत्र विकास समितिका सचिव सुशिल पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय आयोजक समिति समेत गठन गरिएको छ । हिन्दुहरुको महान पर्वमा रुपमा मनाईने महाशिवरात्री पर्वको अवसरमा भक्तजनहरुका लागि सहज रुपमा दर्शन गर्न शिवधाम परिसर व्यवस्थीत गर्न लागिएको शिवधाम क्षेत्र विकास समितिका अध्यक्ष हेमबिक्रम थापाले बताए ।
“भक्तजनहरुका लागि व्यवस्थीत रुपमा प्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ ।” अध्यक्ष थापाले भने–“मेलाको तयारी तिब्र रुपमा भइरहेको छ यहाँ सरसफाई देखी अन्य व्यवस्थापनका काम तिब्र भइरहेका छन ।” आगामी वर्ष शिवधाम क्षेत्र विकास समितिले महेन्द्रनगरको खुला मञ्चमा धार्मीक पर्यटन महोत्सवको आयोजना गर्ने समेत उनले बताए । “आगामी वर्ष देखी हामीले बृहत रुपमा धार्मीक पर्यटन महोत्सवको आयोजना गर्ने तयारी गरेका छौ ।” उनले भने–“यहाँ धार्मीक पर्यटनको विकास गर्नु जरुरी छ ।” उनले मेलामा यहाँका स्थानीय उत्पादनलाई जोड दिनुपर्ने बताए । मेलाबाट आउने आम्दानी शिवधामको विकासका लागि खर्च गर्ने अध्यक्ष थापाले बताए । त्यसैगरी यसवर्ष शिवधाममा पशुपतिनाथको श्रीविग्रहमा महारुद्राभिषेक तथा महापुजाको आयोजना गरिने मेला आयोजक समितिका संयोजक शुसिल पाण्डेयले बताए । उनले महाशिवरात्री मेलामा भक्तजनहरुको सहजताका लागि स्वयंमसेवक परिचान गरिने बताए ।
मङगलबार महाशिवरात्रीको पूर्व सन्ध्यामा शिवधाम परिसरमा नेपाली सेनाले सरसफाई समेत गरेको छ ।