26.8 C
Mahendranagar

भ्वाइस अफ नेपालको तेस्रो सिजन चैत ६ गतेदेखि

  • 52
    Shares

काठमाडौँ : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुन लागेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ श्रृंखला प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी ४० हजार आवेदकबाट छानिएका १२० प्रतिभाले ब्लाइन्ड अडिसनमा निर्णायकको सामना गर्नेछन् । ब्लाइन्ड अडिसनमा निर्णायकको कुर्सी घुमाउन सफल प्रतिभाको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । निर्णायकको टीममा छानिएका १२ जना प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक भ्वाइसको टीमले निर्णायकमा केही परिवर्तन गरेको छ । गायिका तृष्णा गुरुङ जजको रुपमा भित्रिएकी छिन् । दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामालाई पनि यो सिजनमा देख्न पाइने छ ।

  • 52
    Shares

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...