महेन्द्रनगर : सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि कञ्चनपुरको  महेन्द्रनगरमा रहेको पार्टी कार्यालयमा नेकपा लाई मेटाई  बोर्डमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको छ । जिल्ला पार्टी कार्यालय महेन्द्रनगरको बोर्डबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मेटाई  बोर्डमा एमाले राखिएको हो ।

आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको समेत  जनाइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।यसलगत्तै देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको हो ।