26.8 C
Mahendranagar

नारी

  • 50
    Shares


नारी यस्ती सकल जगमा उच्च तिम्रो छ धाम
माया बाड्दै भुवन भरमा सिर्जनाको छ काम
नारी तिम्रो गजब महिमा मोहिनी रूप कस्तो
तिम्रो छाया हृदयपटमा सुट्ट आएर बस्दो
तिम्रो प्यारो नरम तनमा तत्व सारा छुपेका
तिम्रै प्यारा नयन जसमा रत्न मोती लुकेका
नारी तिम्रै नजर जसमा बर्सिएको छ माया
तिम्रै प्यारो नरम तनमा जूनको शीत छाया
फुल्छन् तिम्रै वदन भरमा ज्ञान विज्ञान सारा
नारी तिम्रै मधुर मदमा फुट्दछन् काव्य धारा
नारी तिम्रो सरस मसीको रङ्ग कस्तो छ कस्तो
तिम्रो बास्ना नभइ कविता बन्छ पाषाण जस्तो
आमा बाबा जनम घरको प्रेम छोडेर आयौ
बन्दै आमा सहज सितले सृष्टि चल्ने बनायौ
छातीमा त्यो अमृत सरिको दुग्ध धारा बहेको
तिम्रै प्यारो उदर जसमा हुर्कियो पुत्र मेरो
नौनी जस्तै नरम तनमा फुल्दछन् जो गुलाफ
मानौँ यस्तो हरिण वनमा डुल्दछन् जून साथ
मोती जस्ता लहर मुखमा दाडिमी दात बस्छन्
लिच्ची जस्ता रसमय मिठा ओठले प्यार डस्छन्
गाँजा रक्सी अफिम धतुरो भाँङमा त्यो कहाँ छ
तिम्रो प्यारो अधर मधुको पानमा जो नशा छ
ती आँखामा प्रणयरसका साझका काव्य लुक्छन्
प्यासो बन्दै अलि अघि सरे लाजले झप्प झुक्छन्
ऐना हो की नरम मसिनो टल्किने त्यो निधार
उड्दै हिड्छन् पवनगतिमा रेशमी ती कपाल
नारी तिम्रो प्रणय रसमा पौडिदा जो मजा छ
ब्रह्मानन्दै पनि त त्यसमा लाग्छ मानौँ फिका छ
बोल्छ्यौ भाका पिलपिल विणाका मिठा राग चोरी
आभा तिम्रो झिलमिल अहो चन्द्रमाकी चकोरी
गङ्गा जस्तै प्रणय रस त्यो लेखनीमा बहोस
नारी तिम्रो भजन नगरी काव्य मेरो नहोस

  • 50
    Shares

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...