सुदूरपश्चिम प्रदेशसभाका सदस्य महेशदत्त जोशी पुन:स्थापित नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । जोशी २०७४ सालको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को १ बाट निर्वाचित भएका थिए ।

सत्तारुढ नेकपामा आएको विभाजनसँगै उनी ओली पक्षमा देखिएका थिए । नेपाल कम्युनिष्ट पार्टीलाई खारेज गर्दै तत्कालीन एमाले र माओवादी पार्टी ब्युँताउने निर्णय गरेसँगै जोशी पुन:स्थापित माओवादीमा लागेका हुन् । ‘राजनीतिमा नयाँ समीकरण भएको छ’ उनले भने ‘गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव जितेको थिएँ अहिले त्यहीँ फर्किएँ ।’ काठमाडौंमा पुन:स्थापित माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर आफू पुरानै पार्टीमा फर्किएको जोशीले बताएका छन् ।