काठमाण्डौ : शेयर बजार परिसूचक नेप्से आइतबार साढे २१ अङ्कले घटेको छ । होटल तथा पर्यटन र जलविद्युतबाहेक अन्य सबै समूहको शेयर घटेपछि नेप्से २१ दशमलव ५८ अङ्कले घटेर २४ सय ८५ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आइतबार बैकिङ समूहको शेयर १२ अङ्कले, व्यापार समूहको एक सय ८१ अङ्कले, विकास बैंकको साढे पाँच, फाइनान्सको तीन, निर्जीवन बीमा समूहको ८५, उत्पादनको ८२, अन्यको १७, माइक्रो–फाइनान्सको ५२, जीवन बीमाको तीन सय ६ र लगानी समूहको शेयर दुई अङ्कले घटेको छ ।आइतबार दुई सय ११ कम्पनीका एक करोड १७ लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब ५४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ४२ करोड ७८ लाख रुपैयाँको शेयर खरिद/बिक्री भयो ।

नेपाल हाइड्रोपावर कम्पनी र साल्ट ट्रेडिङ लिमिटेडको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स  र रैराङ हाइड्रोपावर विकास कम्पनीको शेयर झण्डै १० प्रतिशतकाे दरले बढेको छ ।