प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन्।संघीय संसद् भवनबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्। उनले थप कुरा पार्टीको बैठकबाट निर्णय गरी बताउने जानकारी दिए। 

सर्वोच्चले आज ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आधिकारिकता दिने फैसलासुनाएको थियो। उक्त पैसलासँगै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा ९माओवादी केन्द्र०बीच एकीकरण भएर बनेको नेकपा पार्टी खारेज भएको छ। सर्वोच्चले तत्कालीन एमाले र माओवादी केन्द्र यथावत दल कायम रहने ठहर गरेको छ।