काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले वाम एकता गलत भएको तथ्य सर्वोच्च अदालतले प्रमाणित गरिदिएको बताएका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि कांग्रेस नेता लेखकको यस्तो प्रतिक्रिया आएको हो । ‘हामीले पहिलेदेखि नै कम्युनिष्टहरुको एकता अराजनीतिक, अनैतिक र अवैधानिक छ भनेकै थियाैं। आज सर्वोच्चले पनि त्यही प्रमाणित गरिदियो’, लेखकले  भने । उनले कांग्रेसले लिने राजनीतिक कदम र रणनीतिबारे छलफल बाँकी नै रहेको बताए ।