दार्चुलामा जीप दुर्घट्ना हुदा चालक सहित एउटै घरपरिवारका दुई जनाको मृत्यू भएको छ भने सोहि परिवारका ४ जना घाईते भएका छन । शनिबार दार्चुलाको गोकुलेश्वर–चौपाता सडकखण्डको लेकम गाउपालिका–६ उचाकोट मन्दिर नजिक ग ३ च १६९३ नं.को जीप सडकबाट १ सय ५० मिटर तल खस्दा लेकम गाउपालिका–६ का जीप चालक ३८ बर्षिय करन नाथको घट्ना स्थलमै मृत्यु भएको छ ।जीप दुर्घट्नामा शैलेशिखर नगरपालिका–८ का एउटै परिवारका ७० बर्षिया सुना देवी पन्तको घट्नास्थलमै मृत्यू भएको थियो भने ४० बर्षिया पदमराज पन्तको उपचारकोलागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रबक्ता प्रहरी निरिक्षक भास्कर चन्दले बताए । उनका अनुसार सोहि परिवारका ७२ बर्षिया बुद्धीबल्लव पन्त, १२ बर्षिया मुकेश पन्त, ७० बर्षिया गंगा देवी पन्त र ७ बर्षिया बसन्त पन्त घाईते भएका छन । घाईतेको गोकुलेश्वर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।ईन्सपेक्टरको नेतृत्वमा गोकुलेश्वर प्रहरी कार्यालयको टोली र ईप्रका रिठाचौपताको टोली घट्ना स्थल पुगिसकेको छ । घट्ना के कसरी भएको थप अनुसन्धान भईरहेको दार्चुला प्रहरीले जनाएको छ ।