32.9 C
Mahendranagar

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

  • 151
    Shares

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित भएका हुन । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्धन्दी रविन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन । कुल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिनुभयो । त्यसैगरी संघको उपाध्यक्षमा दिलबहादुर धामी र राजकिरण जोशी निर्विरोध निर्वाचित भएका छन् । भने सचिबमा राकेश बहादुर चन्द, कोषाध्यक्षमा राजेन्द्र थापा र सदस्यहरुमा बासुदेव भट्ट, उत्तमकुमार बोहरा, लोकेन्द्र कार्की र सुरेन्द्रप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन् । पदस्थापन कार्यक्रममा बोल्दै नेपाल व्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले लामो समयदेखि प्रशिक्षक बिहीन रहेको कञ्चनपुरमा स्वयम्सेवक प्रशिक्षक नियुक्त गर्न केन्द्रमा पहल भइरहेको बताउनुभयो । “ सुदूरपश्चिम दिपेश धामी, प्रिन्स दाहाल र आयुश नगारी जस्ता चर्चित खेलाडी जन्माउने भूमि पनि हो ।” उपाध्यक्ष स्वाँरले भन्नुभयो–“ अब स्कूल स्तरबाट व्याडमिन्टन खेलाडी छनौट गरेर यसको विकास र विस्तारमा लाग्नुपर्छ ।” व्याडमिन्टन संघको जिल्लामा यहाँ पहिलो पटक निर्वाचन प्रणालीबाट नेतृत्व चयन भएको हो ।

  • 151
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...