महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।
मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा नेता महतोले कांगे्रस र कम्युनिष्टहरु मिलेर महाकाली बेचेको आरोप लगाएका हुन । उनले कांग्रेस सरकारमा रहेका बेला महाकाली सन्धी गरेको उल्लेख गर्दै उतिबेलाको प्रमुख प्रतिपक्षि नेकपा एमालेले पार्टी विभाजन गरेर पनि महाकाली सन्धीको सर्मथन गरर राष्ट्रघात गरेकोे बताए । “राष्ट्रघातीको किन उदाङगो गर्दैन मिडियाले कस्ले गर्यो राष्ट्रघात ?” नेता महतोले भने–“७० वर्ष शासन गरेका कांग्रेस कम्युनिष्टले राष्ट्रघात गरेको होईन ?” राजेन्द्र महतोको अनुहार भारतसंग मिल्यो भन्दैमा राष्ट्रघात गर्यो भन्न मिल्छ र उनले प्रश्न गरे ।
“राष्ट्रवाल अनुहारमा खोज्ने हो ? धोती र टोपीमा राष्ट्रवाद खोज्ने हो ?” नेता महतोले भने–“राष्ट्रवाद भनेको आफ्नो मुलुक प्रति माया गर्ने समृद्ध गर्ने हो यहाँ त उल्टो उल्टो काम भइरहेको छ ।” उनले राष्ट्रवादको परिभाषा समेत गलत ढंगले भइरहेको बताए । भारतलाई गाली गर्दैमा महान राष्ट्रवादी नभइने बताउँदै उनले असली राष्ट्रघातीको पहिचान नगरेसम्म देशको नोक्सानी हुने बताए ।
उनले संसदमा बोलेको कुरा स्मरण गर्दै राष्ट्रघातीलाई टुडीखेलमा झुन्ड्याउनुपर्ने बताए । “मिडियाले पनि ढाकछोप गर्छ राष्ट्रघाती को भनेर लेख्दैन ।” उनले भने–“महाकाली सन्धी गर्ने राष्ट्रघाती लेख्नुपर्दैन ,सन्धी अनुमोदन गर्ने यो हो राष्ट्रघाती भनेर लेख्नुपर्दैन ।”
त्यसैगरी उनले आफुहरुका मुद्धा सम्बोधन नभएकसम्म सत्तामा नजाने बताए ।
राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?
- 723Shares

- 723Shares