32.9 C
Mahendranagar

बालुवाटारमा प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता

  • 91
    Shares

काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार (आज) दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उपाध्यक्ष गौतम र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली समक्ष पार्टी एकताको प्रस्ताव गरेका छन् । गौतमले पार्टी एकताका लागि पहल गर्न आग्रह गरेपनि यता ओलीले भने प्रष्ट जवाफ नदिएका बताइएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेसागै गौतमले पार्टी एकताका लागि ओली प्रधानमन्त्रीबाट सम्मानजनक बहिर्गमन हुनुपर्ने बताउँदै आएका छन् ।तर, प्रधानमन्त्री ओलीले भने तत्काल राजीनामा नदिने अडान लिँदै आएका छन् ।

बिहीबारमात्रै वामदेवले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेर ओलीलाई सम्मानजनक तरिकाले विदाइ गरेर पार्टी एकता जोगाउनु पर्ने प्रस्ताव गरेका थिए ।

  • 91
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...