काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलकाे प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।
प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले खोटाङबाट निर्वाचित विशाल भट्टराईलाइ दलको प्रमुख सचेतक बनाएका हुन् । देव गुरुङ नेकपा दाहाल-नेपाल समूहका हुन् ।
संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् ।