काठमाण्डौँ : पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा नसार फुटेर छरिएको रगत ड्रेन गरेर निकालिएको छ । जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको रगतलाई ड्रेन गरेर मस्तिष्कबाट रगत निकालिएको छ ।
जोशीलाई शुक्रबार (आज) बिहान ३ बजेतिर शरीरको देब्रे भाग नचल्ने समस्या देखियो । उपचारका लागि सुरूमा उनलाई वीर अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि तत्काल थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिकमा डाक्टर राजीव झा नेतृत्वको चिकित्सक टोलीले जोशीको स्वास्थ्य उपचार गरिरहेका छन् । केस क्रिटिकल रहेकाले ४८ घन्टासम्म स्वास्थ्यको रेखदेख गर्नुपर्ने बताइएको छ ।