32.9 C
Mahendranagar

भारतका व्यापारीहरुद्धारा भारत बन्दको घोषणा

  • 123
    Shares

नयाँ दिल्ली : भारतका व्यापारीहरुले ’भारत बन्द’ को घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् ।

वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई–वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् ।

अखिल भारतीय व्यापारी सङ्घ (सीएआइका)को पहलमा भएको बन्दलाई समर्थन गर्दै अल अफ इन्डिया ट्रान्सपोर्ट वेलफेयर एशोसिएसनले बिहान ६ देखि ८ बजेसम्म चक्काजाम गरेको थियो । नयाँ ई–वे बिलयुक्त कारोबार रोकथाम तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि आफूहरुले आन्दोलन गरेको ट्रान्सपोर्ट एशोसिएसनका राष्ट्रिय प्रवक्ता महेन्द्र आर्यको भनाइ छ । बन्दका कारण यातायात सेवा बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै चलेका थिए । बन्दका कारण भारतका धेरैजसो व्यापारिक क्षेत्र ठप्प भएका छन् ।

  • 123
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...