काठमाण्डौँ : सरकारले प्रक्रिया थालेको ६ महिनापछि बल्ल बंगलादेशसँग खरिद गरेको मल नेपाल आइपुग्ने निश्चित भएको छ । बंगलादेशसँग जीटुजीमा खरिद गरेको युरिया मलको पहिलो लट कलकात्ता आइपुगेको र साता दिनभित्रै उक्त मल नेपाल आइपुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीको दाबीअनुसार २२ हजार ५ सय मेटि्रकटन मल अर्को सातासम्म नेपाल भित्रिने छ ।
पहिलो खेप ब्लकमा ल्याउन लागिएको मल कलकत्ता आइपुगेको र शनिबारबाट नेपाल पठाउन उक्त मलको अनलोड सुरु हुनेछ । कलकत्ताबाट रेल मार्गमार्फत नेपालको तीन वटा नाकामा मल आइपुग्ने छ ।
भैरहवा, विराटनगर र वीरगन्जस्थित गोदाममा उक्त मल आइपुग्नेछ । बंगलादेशसँग सरकारले ५० हजार मेटि्रकटन यूरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा सुरु गरेको थियो । दुई देशका प्रधानमन्त्रीबीच भदौ १६ मा भएको कुराकानीपछि मल खरिदको औपचारिक प्रक्रिया सुरु भएको थियो ।