नविन भट्ट/महेन्द्रनगर
सातौँ राष्ट्रिय कृर्षी गणनाको २०७८ को तयारी भइरहेको छ । जिल्ला तथ्याङ्क कार्यालय कञ्चनपुरले राष्ट्रिय कृर्षी गणना २०७८ को तयारि सम्बन्धमा बिहिबार सरोकारवालाहरुसंग जिल्ला स्तरिय सचेतना गोष्ठि अयोजना गरेको छ ।
कार्यक्रममा तथ्याङ्क कार्यालयले सातौ राष्ट्रिय कृर्षि गणनाको तयारी भइरहेको बताउँदै गणना तयारीको बारेमा जानकारी गाएको हो । गणनाका लागि देशभर ६ हजार कर्मचारी करारमा भर्ना समेत गरिने जनाइएको छ । २०१८ साल देखि सुरु गरिएको गणना प्रत्येक दस बर्षको अवधिमा गणना हुदै आएको छ । अहिले सम्म ६ पटक कृर्षी गणना गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ ।
यो गणना विश्व खाद्य तथा कृर्षी संगठनले विकास गरेको मार्गदर्शनमा आधारित हुन्छ । यस गणनालाई दुई चरणमा सम्पन्न गरिनेछ । पहिले चरणमा तराई र पहाडका क्षेत्रहरुमा आर्थिक बर्ष २०७८ को पौष र फागुन भित्र कार्यक्रम सम्पन्न गरिनेछ भने दोसा्रे चरणमा हिमाली क्षेत्रमा २०७९ बैसाख देखि असार सम्म कार्यक्रम सम्पन्न गरिने छ । गणनाका लागी छनोट बिधिको प्रयोग गरिने छ । बिगतका गणनाहरुमा जिल्ला स्तरको मात्र बिवरण उपलब्ध गराइन्थ्यो तर यो गणना देखि प्रत्येक स्थानीय तह अनुसारको कृर्षी सम्बन्धि बिवरण उपलब्ध गराइने छ । विगतका वर्षहरुको भन्दा यसवर्ष सुचक समेत थपिएका छन ।