32.9 C
Mahendranagar

गाईजात्रामा सार्वजनिक विदा दिन माग

  • 131
    Shares

महेन्द्रनगर । नेवारहरुको साझा राष्ट्रिय संगठन नेवा : देय् दबुले विभिन्न समुदायले मनाउदै आएको गाईजात्राका दिन सार्वजनिक विदा दिन माग गर्दैै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहिबार नेवा : देय् दबु जिल्ला कार्यसमिति कञ्चनपुरले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको हो । नेपाल सरकारबाट विभिन्न समुदायको सांस्कृतिक पर्वहरुलाई सार्वजनिक विदा दिदै आइरहेको भएपनि नेवार समुदायको महत्वपूर्ण पर्व गाईजात्राको दिन मुलुक भरी विदा नदिएका कारण काठमाडौ उपत्यका बाहिर बसोबास गर्ने नेवार समुदायलाई गाईजात्रा पर्व सञ्चालन गर्न कठिनाई भइरहेको भन्दै उक्त दिन सार्वजनिक विदा दिन माग गर्दै प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र दिएको नेवा : देय् दबुका केन्द्रिय सदस्य विकास श्रेष्ठले जानकारी दिए । गाईजात्राको दिन उपत्यका बाहिर विदा नदिएका कारण सांस्कृतिक महत्व रहेको गाइजात्रा पर्व ओझेलमा परि लोप हुने अवस्था रहेको भन्दै पर्व संरक्षण र निरन्तरताका लागि देशभर सार्वजनिक विदा माग गरिएको छ । गाईजात्रा पर्वले नेवार समुदायमा विषेस महत्व राख्दछ । गाईजात्राका दिन नेवार समुदायले आफ्नो परिवारमा वर्षदिन भित्रमा मृत्यु भएका सदस्यको निवार्ण कामना गरी गाई सिंगारी जात्रा निकाल्ने,नगर परिक्रमा गर्ने,बेलुका सम्पूर्ण परिवारजन भेला भई सुख दुःख आदन प्रदान गर्ने गरिन्छ ।

  • 131
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...