32.9 C
Mahendranagar

प्रतिनिधि सभाका सांसदहरूले एकमुष्ट ३ महिनाको तलब पाउने

  • 98
    Shares

काठमाण्डौँ : प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो । पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए ।

सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ । यो हिसाबले प्रतीनिधि सभाका संसदहरुको तलबभत्तामा मसिक करिब १ करोड ८० लाख रुपैयाँ खर्च हुन्छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ । 

  • 98
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...