32.9 C
Mahendranagar

भारतमा एकैदिन १६ हजार ७३८ कोरोना संक्रमित थपिए

  • 139
    Shares

काठमाण्डौँ : पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका १६ हजार ७३८ नयाँ संक्रमित फेला परेका छन् ।  लामो समयदेखि निरन्तर कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा कमी आइरहेको भारतमा पुनः कोरोना संक्रमण बढ्न थालेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार समग्र कोरोना संक्रमितको संख्या एक करोड १० लाख ४६ हजार ९१४ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १३८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५६ हजार ७०५ पुगेको छ । भारतमा अहिलेसम्म एक करोड २६ लाख ७१ हजारभन्दा धेरैले कोरोना खोप लगाइसकेका छन् ।

  • 139
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...