काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेको छ।
अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर सत्ता सहकार्यका लागि प्रस्ताव गरेका हुन्।सभापति देउवाका स्वकीय सचिव भानु देउवाले अध्यक्षद्वयले सभापतिसँग सँगै मिलेर जाने प्रस्ताव गरेको जानकारी दिए।
‘भेटका क्रममा समसामयिक राजनीतिका बारेमा छलफल भयो’ देउवाले भने,‘उहाँहरुले पछिल्लो राजनीतिक घटना क्रममा मिलेर जान प्रस्ताव गर्नुभयो।’ सभापति देउवाले नेकपाले गरेको प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिएको उनले बताए। प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर फेरि भेटेर कुरा गर्ने भनेको भानुले जानकारी दिए।