32.9 C
Mahendranagar

देउवालाई भेट्न प्रचण्ड – माधव बुढानिलकण्ठ जाँदै

  • 110
    Shares

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ जाने भएका छन्। प्रतिनिधिसभा पुन : स्थापना गर्ने सर्वोच्चको निर्णय भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-माधव पक्षका दुई अध्यक्ष देउवा भेट्न जान लागेका हुन्। 

चितवनबाट बिहान विमानमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने तयारी गरेका हुन्। देउवानिकट स्रोतका अनुसार अध्यक्षद्वयले भेट्न समय लिएको र केहीबेरमा आइपुग्ने कार्यक्रम छ।

संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि मंगलबार कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्डले बधाई साटासाट गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेस र नेकपा प्रचण्ड नेपाल समूह विरोधमा सडक आन्दोलनमा उत्रिएका थिए। 

  • 110
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...