32.9 C
Mahendranagar

धनगढीमा निशान म्याग्नाइट सार्वजनिक

  • 243
    Shares

धनगढीमा निशान म्याग्नाइट सार्वजनिक भएको छ ।
धनगढीमा निशान सोरुमको आधिकारिक बितरक जिएआरएस ट्रेड कन्सर्नले मंगलबार एक कार्यक्रम गरि उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष र निशान सोरुमका निर्देशक अशोक पाण्डेयले सयुक्त रुपमा गाडी सार्वजनिक गरेका हुन् । 

निशान म्याग्नाइट फरक बिशेषताका साथ नेपाली बजारमा भित्रिएको  जसमा सीएमएफ ए प्लस प्लाटफममा लोभलाग्दो डिजाइन, जुन अगाडीको भागले थप आकर्षित रहेको छ । बी प्रोजेक्टर हेडल्याम्प, एलइडी लाईट र आई सेप्ट एलइड फग ल्यापले अगाडीको भागलाई आकर्षक बनाएको छ ।

यो गाडीले फोर्ड इकोस्पोट, मारुती सुजुकी, हुन्डाइ भेन्यु लगाएत गाडीसँग प्रतिस्पर्धा गर्ने छ । पाँच स्पिड म्यान्युयल गियर दिइएको छ भने ३३६ लिटर इन्धन क्षमता, प्रतिलिटर १८.७५ किलोमिटर माइलेज र पाँच सिटर क्षमता जस्ता फिचर यो गाडीमा रहेको छ । नेपाली बजारमा यो गाडी ओन्याक्स व्ल्याक, स्ट्रोम सेता, ब्राउन, सिल्भर लगाएतको कलरमा रहेको छ ।

गाडीको मुल्य २९ लाख ५० हजार देखि रहेको निशान सोरुमका निर्देशक पाण्डेयले जानकारी दिए। सोमबार मात्रै नेपालमा निशान म्याग्नाइट सार्वजनिक गरिएको थियो ।

  • 243
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...