25.9 C
Mahendranagar

भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत

  • 133
    Shares

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ ।

पीडित परिवारलाई पाँच लाख राहत दिनका लागि गाउँकार्यपालिका बैठकले निर्णय गरिसकेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । यसका साथै नेपाल सरकारलाई पनि पीडित परिवारलाई राहत उपलब्ध गराइदिन अनुरोध गरिएको छ ।

भागरथीको गत माघ २१ गते स्थानीय लबलेक जंगलमा बलात्कारपछि हत्या भएको थियो । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई पत्ता लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।

यसअघि भागरथीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले समेत भागरथीको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट भागरथीका परिवारलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाली कांग्रेस बाजुराले पनि पीडित परिवारलाई ३० हजार रुपैयाँ नगद सहयोग गरेको थियो ।

  • 133
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...