महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली नदीमा त्यकिकै अर्काले लगीरहेको पानी किसानको खेतमा हाल्ने फैसला गरिएको बताए । सोमबार कञ्चनपुरको बेदकोट नगरपालिका स्थीत दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रमानमन्त्री ओलीले महाकाली सन्धीमा नदी बेचेको नभई फिर्ता ल्याएको दाबी गरे ।
“१९९६ मा मैले धेरै गाली सहेको तपाईलाई थाहै होला ।” प्रधानमन्त्री ओलीले भने–“महाकाली सन्धीमा नदी बेच्यो भने नदी बेचेको होईन त्यतिकै अर्काले लगिरहेको पानी आफ्नो खेतमा हाल्ने फैसला गरिएको छ ।” उनले अबको ६ महिना भित्र नहर सर्भेको काम सकिने बताउँदै दोधारा चादनीमा १० क्युमेक्स पानी उपलब्ध गराउने बताए । त्यसैगरी उनले ब्रह्मदेवबाट आउने नहरको केही काम बाकि रहेको बताउँदै नहर निमार्णको काम छिटो सम्पन्न गर्ने बताए ।