नविन भट्ट/महेन्द्रनगर,१० फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीेले कञ्चनपुरको बेदकोट नगरपालिका वडा २ स्थीत दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास प्रधानमन्त्री गरेका छन । आज (सोमबार) कञ्चनपुरको प्रधानमन्त्री ओली र उद्योग वाणिज्य तथा आपूीर्ती मन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन । २०५२ सालमा घोषणा भएको औद्योगिक क्षेत्रको २५ वर्षपछि पधानमन्ी ओलीले शिलान्यास गरेका हुन ।


औद्योगिक क्षेत्रको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यहाँका जनताले रोजगारी पाउने बताएदै प्रविधिको पनि विकास र हस्तान्तरण हुदै जाने बताए । उनले यहाँको आर्थिक विकासका लागि औद्योगिक क्षेत्र महत्वपूर्ण भएको उल्लेख गरे । औद्योगिक क्षेत्रमा ठुला साना र मझौला उद्योग स्थापनाका लागि आवश्यकता अनुसार सरकारले जग्गा उपलब्ध गराउने बताए । उनले सुदूरपश्चिम प्रदेश सुन्दर सुदूरपश्चिम मात्रै नभएर विकसित सुदूरपश्चिम हुने बताए ।
औद्योगिक क्षेत्रका लागि ९ सय विघा जग्गा प्रस्तावित गरेपनि ३ सय ८८ विघाको डिपिआर तयार भएको छ । उत्तः औद्योगिक क्षेत्रमा १२२ भन्दा बढी उद्योग स्थापना हुनेछन ।