प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। 

दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न सोमबार प्रधानमन्त्री ओली आउने कुरालाई ध्यानमा राखेर आइतबारदेखि नै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।  सुरक्षामा करिब १२ सय को हाराहारीमा सुरक्षाकर्मी खटिएको जनाइएको छ ।कार्यक्रमस्थलमा नेपाल प्रहरी,शसस्त्र प्रहरीको बाक्लो उपस्थीती रहेको छ । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन्।