दैजी–छेला औद्योगिक क्षेत्र शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) कञ्चनपुर आउने भएपछि वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द धर्मसंकटमा परेका छन ।
प्रतिनिधि सभा विघटनपछि दुई धारमा विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षमा उभिएका मेयर चन्द प्रधानमन्त्री ओलीको स्वागतमा जाने कि नजाने भन्ने दोधारमा परेका हुन । पार्टीले शिलान्यास कार्यक्रममा सहभागी नहुन भनेको र अर्कातर्फ नगरकै सबैभन्दा ठूलो विकास योजना शिलान्यासमा कसरी सहभागी नहुनु भन्ने संकट मेयर चन्दलाई आइलागेको हो । प्रधानमन्त्रीको स्वागत तथा शिलान्यास कार्यक्रममा सहभागी हुनेरनहुनेबारे अझै टुंगो लागिनसकेको छैन । मेयर चन्दलाई पार्टीले कार्यक्रममा नजान भनिसकेको छ ।