प्रधानमन्त्री केपी शर्मा ओली आज महेन्द्रनगर आउदैछन । कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगरआइरहेका हुन्।
ओली सोमबार बिहान काठमाडौँबाट हुने श्रीएयरलाइन्सको पहिलो उडान मार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ। केहीबेर आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फतकञ्चनपुरको बेदकोट स्थीत दैजीछेला औद्योगिक क्षेत्रको सहभागी तय भएको छ।
कार्यक्रम स्थल नजिकै हेलीप्याड समेत स्थापना गरिएको छ। प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नेछन्।