महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगर स्थीत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव हुने भएको छ ।
पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले आईतबारदेखी चौथो शुक्लाफाँटा महोत्सवको आयोजना गर्ने भएको हो । महोत्सवको उद्घाटन वन तथा वातावरण मन्त्री प्रेम आलेले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।सात दिन सम्म चल्ने महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम,निकुञ्जको घासे मैदानमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । भने जलवायु परिवर्तनलाई न्युनिकरणका सम्बन्धमा सन्देश दिन साईकल दौड प्रतियोगिता समेत आयोजना गरेको नगरपालिकाले जनाएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्टिङय निकुञ्जमा पर्यटनको ठुलो सम्भावना रहेको बताउँदै प्रचार प्रसारका लागि महोत्सवले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले शुक्लाफाँटामा पाईने बाह्सिंगाको झुण्ड,एसियाकै ठुलो घासे मैदान र हात्ती सफारीमा पर्यटकहरु रमाउन सक्ने ठाउँ भएको प्रचार प्रसारमा जोड दिनुपर्ने बताए । शुक्लाफाँटा शिकार आरक्षबाट राष्ट्रिय निकुञ्ज घोषणा भएको दिन फागनु ९ गते भीमदत्त नगरपालिकाले महोत्सवको आयोजना गर्दै आएको छ ।