महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १० गते महेन्द्रनगर आउने भएका छन । कञ्चनपुरको बेदकोट नगरपालिका स्थीत दैजी छेला औद्योगिक क्षेत्रको शिलान्याशका लागि प्रधानमन्त्री महेन्द्रनगर आउने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री संगै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट,वन तथा वातावरण मन्त्री प्रेम आले,श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना पनि आउने कार्यक्रम रहेको बेदकोट नगरपालिका वडा २ का अध्यक्ष नरेश सिंहले जानकारी दिए । उनले कार्यक्रमको तयारी तिव्र भइरहेको बताउँदै प्रधामन्त्री संगै अन्य चारजना मन्त्री र एक जना राज्य मन्त्री समेत कार्यक्रममा आउने बताए । प्रधामन्त्री ओली महेन्द्रनगर आउने भएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख लगायतको टोलीले समेत कार्यक्रम स्थलको स्थलगत अवलोकन गरेका छन ।
प्रधानमन्त्री ओली महेन्द्रनगर आउदै
- 301Shares

- 301Shares