32.9 C
Mahendranagar

भीमदत्तका मेयर विष्ट नेकपा (ओली समुह) कञ्चनपुरको पार्टी सचिव नियुक्त

  • 158
    Shares

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका मेयर सुरेन्द्र विष्ट नेकपा (ओली निकट) कञ्चनपुरको पार्टी सचिवमा नियुक्त भएका छन ।
शनिबार ओली निटक केन्द्रीय सदस्यहरुको कञ्चनपुरमा बसेको बैठकले मेयर विटलाई पार्टी सचिवमा नियुक्त गरेको हो । ओली पक्षले पार्टी सचिव तारालामा तामाङलाई जिम्मेवारीबाट हटाएर मेयर सुरेन्द्र विष्टलाई पार्टी सचिवमा नियुक्त गरेको नेकपा ओली निकट केन्द्रिय सदस्य राजेन्द्र रावलले बताए । “तारालामा तामाङजी खुलेर अर्को पार्टीमा लागेका कारण यसअघिको बैठकले उहाँलाई जिम्मेवारीबाट हटाइएको थियो ।” उनले भने– “आज बसेको केन्द्रिय सदस्यको बैठकले सर्वसम्मत मेयर विष्टलाई सचिव नियुक्त गरेका छौ ।” उनललाई सचिवको रुपमा केन्द्रिय सदस्य राजेन्द्र रावलले प्रस्ताव गरेका थिए । उनलाई नेकपा प्रदेश अध्यक्ष कर्ण बहादुर थापाले शनिबार पद तथा गोपयनिताको शपत गराएका हुन ।

  • 158
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...