प्रधानमन्त्री केपी शर्मा ओलीलाई विराटनगरमा नेकपा (दाहाल–नेपाल) समूहका विद्यार्थी तथा युवाहरूले कालो झण्डा देखाएका छन्।
प्रधानमन्त्री ओलीलाई विद्यार्थी र युवाहरूले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्टमोडमा कालो झण्डा देखाएका हुन्। कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड गरेको विद्यार्थी नेता वसिम आलमले जानकारी दिए। विराटनगरका विभिन्न स्थानबाट र्याली निकालिएको छ भने सभास्थलमा सांस्कृतिक कार्यक्रम पनि भएको नेकपा केन्द्रीय सदस्य विनोद ढकाल जानकारी दिए।जनसभालाई प्रधानमन्त्री ओली, नेताहरू रामबहादुर थापा, सुवास नेम्वाङ, शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।