32.9 C
Mahendranagar

१७ औंँ दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

  • 148
    Shares

बैतडी: बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । 

भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।  सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन ।  

बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो । 

  • 148
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...