32.9 C
Mahendranagar

अभियुक्तको बयानको आधारमा घटनास्थलमा भागरथीको घडी भेटियो

  • 98
    Shares

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरको बयानको आधारमा घटनास्थल नजिकैबाट प्रहरीले भागरथीको घडी फेला परेको छ ।

प्रहरी स्रोतका अनुसार सोधपुछका क्रममा ती किशोरले भागरथीको हत्यापछि उनको घडी घटनास्थलभन्दा केही फालेको बयान दिएका थिए । उनको बायनको आधारमा खोजतालस गर्दा घडी फेला परेको प्रहरीको भनाइ छ । स्थानीयको रोहबरमा सो घडी बरामद गरिएको थियो । प्रहरीले भागरथीको हत्या गरेको आरोपमा उनी अध्ययनरत सनातन धर्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ । भागरथी त्यही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् । व्यक्तिगत रिसिइबीको कारण आफूले भागरथीको हत्या गरेको ती किशोरले प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।

  • 98
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...