32.9 C
Mahendranagar

सुदूरपश्चिम प्रदेश सरकारको ३ वर्ष, काम शून्य

  • 98
    Shares

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको बुधबार तीन वर्ष पुगेको छ । सरकार गठन भएदेखि हालसम्म सरकारले चारवटा बजेट र नीति तथा कार्यक्रम ल्याइसकेको छ ।

तर मुख्यमन्त्रीले पहिलो बैठकबाटै गरेको निर्णय कार्यान्वयन भएको छैन । सपथ ग्रहणपछि मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका युवाहरूलाई तीन वर्षभित्र रोजगारीका लागि भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने घोषणा गरेपनि कार्यान्वयनमा आउन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय गौरवको आयोजनाहरु सेती लोकमार्ग, महाकाली लोकमार्ग र खुटिया–दिपायल द्रुतमार्गको काममा प्रदेश सरकार गठन भएयता खासै प्रगति हुन सकेको छैन ।

त्यस्तै, प्रदेशमा भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गरिने प्रदेश सरकारको घोषणा रहेको थियो त्यो पनि खासै प्रभावकारी हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले उपलब्धीका रुपमा मानेको प्रदेशको नामाकरण र राजधानी हो तर, प्रदेश राजधानी स्थापनाको कार्य भने अझै अगाडि बढ्न सकेको छैन ।

  • 98
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...