16.2 C
Mahendranagar

भागरथी हत्या प्रकरण :दोषी पक्रन सफल भएको भन्दै प्रहरीलाई फूलमाला सहित विदाइ

  • 553
    Shares

भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न सफल भएको भन्दै स्थानीयवासी र गाउँपालिकाले सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहितका प्रहरीलाई फूलमाला लगाएर विदाई गरेका छन् ।

भागरथीहत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी,एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायतहुनुहुन्थ्यो ।

घटनाको अनुसन्धानगर्न डीआईजी सुवेदी सहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्तालगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई विदाई गरेको दोगडाकेदार गाउँपालिका–३, का वडा अध्यक्ष चन्द्रदेव जोशीले बताउनुभयो । भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ । अनुसन्धानमा संलग्नप्रहरीका अनुसार पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–७, चडेपानीलमकट्टे बस्नेकिशोर दिनेश भट्ट भागरथीसँगै सनातनधर्म माविमाकक्षा ११ माअध्ययनरत विद्यार्थी हुन् ।

मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्लाप्रहरी कार्यालय ल्याईएको छ । किशोरलाई आजै सार्वजनिकगरिने प्रहरीले जानकारी दिएको छ । प्रहरी स्रोतकाअनुसार तीकिशोरले विद्यालयबाट घर फर्कदाभागरथीको बलात्कार र हत्या गरेको स्विकारिसकेका छन् ।पारिवारिक रिसईवीका कारण हत्या गरेको उनले प्रारम्भीक बयानदिएका छन् । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी१७वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा हराएकीथिईन् । भागरथीको शबभोली पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलम ाफेला परेको थियो ।

  • 553
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...