बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक युवा रहेको प्रहरीले जनाएको छ। ‘भागरथी हत्याका एक अभियुक्त पक्राउ परिसकेका छन्, ती अभियुक्त नै भागरथीको बलात्कारमा संलग्न छन्,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘हामी भोलि पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्दैछौं।’ती व्यक्तिले ‘रिसिइबी’को कारण भागरथीको हत्या गरेको प्रहरीलाई बताएका छन्। यसबारे प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिने एसएसपी सिंहले बताए।  ती व्यक्ति भागरथीकै छिमेकी हुन ।