25.9 C
Mahendranagar

भागरथीकै विद्यालयका छात्रद्वारा बलात्कार र हत्या गरेको खुलासा ,भोलि सार्बजनिक गरिदै

  • 327
    Shares

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको उनकै विद्यालयकै एक छात्रले प्रहरीसमक्ष स्वीकार गरेको छ । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । प्रहरी स्रोतका अनुसार ती छात्रलाई भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । भागरथीको शव भेटिएको भोलिपल्ट अर्थात् माघ २३ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट लगिएको तालिमप्राप्त कुकुरले अपराधी गएको बाटो देखाएपनि अपराधीको घरसम्म पुग्न सकेको थिएन । भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा अर्का एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरी बैतडीसमेत पुर्याएको थियो । यद्यपि, अहिले उनकै विद्यालयका एक छात्रले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन् । रातोपाटिबाट साभार

  • 327
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...