महेन्द्रनगर । नेबिसंघ कंचनपुरले गुलरियामा राके जुलुस निकालेको छ ।

बैतडीको डिलाशैलीमा नेपाली काङ्ग्रेसको कार्यक्रम भइरहेको बेला प्रधानमन्त्री ओलि निकट नेकपाका नेताहरूले आक्रमण गरेको बिरोधमा कंचनपुरमा नेबिसंघ र तरुण दलले  राके जुलुस निकालेका हुन ।

काङ्ग्रेस नेतामाथी गरिएको आक्रमणको बिरोधमा महेन्द्रनगरमा राके जुलुस निकालिएको नेबिसं कंचनपुरका सभापति टेक पाण्डेले बताए । उनले प्रधानमन्त्री केपि ओलिका कार्यक्रताले गरेको आक्रमणको घोर भर्सना गर्दै त्यसका विरुद्ध जस्तोसुकै कदम चाल्न समेत नेबिसं तयार रहेको बताए । त्यसैगरी काङ्ग्रेसका प्रबक्ता बिस्वप्रकाश शर्माले घटना निन्दनीय भएको बताएका छन । उनले नेकपाको पाटी पंक्तिमा उग्रवादी चरीत्र भर्न केन्द्रिय नेतृत्वकै भुमिका रहेकोे भन्दै दोषीलाई तत्काल पक्राउ गरि कार्बाही गर्न माग गरेका छन ।  मंगलबार बैतडीको डिलाशैनिमा नेपाली कांग्रेसका नेता एनपी साउदमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका थिए । उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो।