महेन्द्रनगर । महेन्द्रनगरको ट्राफिक चोक नजिक बस दुर्घटना भएको छ । मंगलबार साझ बस दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरी जनाएको छ । महेन्द्रनगर बसपार्कबाट पार्किङ गर्न गईरहेकोबेला बस पल्टिएको बताईएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता अमर बहादुर थापाले बस दुर्घटना हुँदा दुईजना ठेला ब्यवसायी घाइते भएको बताए । घाइते दुबैजनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार भएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हाम्रो ठेगाना:
रुबस मिडिया प्रा.ली
भी.न.पा –१८ महेन्द्रनगर ,कञ्चनपुर ,नेपाल
संचालक/अध्यक्ष : महादेव अवस्थी
सम्पादक: कोमल राज बिष्ट
दर्ता न.२४०४९१/०७७/०७८
फोन: ९८६८८४८११९,९८१२९४८०८४
ईमेल ठेगाना: rubasdesk@gmail.com