25.9 C
Mahendranagar

भागरथी हत्या प्रकरण : भारत भाग्न लागेको अवस्थामा एकजना पक्राउ

  • 207
    Shares

बैतडीको दोगडाकेदार गाउँपालिका–७ कि १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

प्रहरीको टोलीले ती शंकितलाई शानिवार राति कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको स्रोतको दाबी छ । यद्यपि अनुसन्धानलाई असर गर्ने भन्दै प्रहरीले उक्त व्यक्तिबारे कुनै जानकारी चुहाएको छैन ।भागरथीको हत्या भएको दिन ती व्यक्ति पनि घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको र भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको छ ।

‘भागरथी घर जान लागेपछि तत्काल ती व्यक्ति पनि सोही बाटो हुँदै गएको पाइएको छ,’ स्रोतले भन्यो ।घटनाको अनुुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार महेन्द्रनगरबाट पक्राउ परेका ती व्यक्ति अहिले पनि प्रहरी नियन्त्रणमै रहेका छन् । भारत भाग्न लागेको आशंकामा उनलाई पक्राउ गरिएको थियो ।अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको उनको भनाइ छ । स्रोत भन्छ, ‘भेटिएको मोबाइलको ब्याट्रीबारे कुकुरले गरेको संकेतबाट ती व्यक्ति शंकाको घेरामा थिए ।’ 

यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् । एकजना शंकितलाई पक्राउ गरेकोबारे केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्त कुँवर कोही पक्राउ परेकाबारे कुनै जानकारी आइनसकेको बताउँछन् ।

घटनास्थलमा रहेका प्रहरी अधिकारी पनि यस सम्बन्धमा केही बोल्न मान्दैनन् । अहिले घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेको वा नपरेको बारे केही बोल्न नमिल्ने बताउँछन् । ती अधिकारीले भने, ‘हामी अपराधीको नजिक छौँ । पक्राउ परेको वा नपरेको भन्ने बेला भएको छैन । केही व्यक्तिमाथि क्लोजि मनिटरिङ गरिरहेका छौँ । अहिले धेरै कुरा बोल्ने अवस्था छैन ।’ साभार रातोपाटीबाट

  • 207
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...