महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले तीन दिन प्रजातन्त्र दिवस मनाउने जनाएको छ ।
प्रजातन्त्र दिवसमा विगतका वर्षहरु जस्तै यसवर्ष पनि तिन दिनसम्म
(फाल्गुन ६, ७ र ८ गते) विभिन्न कार्यक्रम गरि मनाइने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको परिपत्र अनुसार निर्धारित स्वास्थ्यका मापदण्ड अपनाएर जिल्लास्तरमा प्रजातन्त्र दिवस मनाउने तयारी थालेको छ । त्यसैगरी प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्थीत सबै कार्यालय,सार्वजनीक एवम सामुदायिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा राष्ट्रिय झण्डा फहराउने,सार्वजनीक स्थलहरुमा सरसफाई गरी सजावट गर्ने तयारी समेत भइरहेको छ ।
फागुन ६,७ र ८ गते तीन दिनसम्म प्रत्येक साझ जिल्ला स्थीत सबै सरकारी कार्यालय संघसंस्था रघरघरमा दिपावली गर्न समेत आग्रह गरेको छ । प्रशासनले फागुन ७ गते खुलामञ्चमा घैटो फुटाउने कार्यक्रम समेत आयोजना गरेको छ ।