महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ स्थीत मझगाउँ विमानस्थलको निर्माणका सम्झौता भएको छ ।
सोमबार नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार मझगाउँ एयरपोर्ट निर्माणमा मन्त्रालयले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्ने छन । १२०० मिटर रनवे लाई १६८५ मिटरसम्म विस्तार गरिएर रनवेलाई तार बार लगाइसकेको छ भने तत्काल रनवेलाई कालोपत्रे गर्ने कार्य अगाडी बढाउने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।