कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई जनताको कुनै वास्ता नभएको बताएका छन् । उनले वर्तमान सरकारलाई ‘जनता मरून्, बाँचून्’ कुनै  मतलब नभएको सभापति देउवाले बताए बताएका । कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेकपाको झगडाको तमासा हेर्न आफूहरूलाई फुर्सद नभएको बताए ।

अहिले मुलुक गम्भीर अवस्थामा पुगेको बताउँदै कांग्रेसको काँधमा जनताका अधिकार स्थापित गर्ने जिम्मेवारी आएको बताए । ‘हामीलाई राजाले निकै दु:ख दिए, कम्युनिस्टलाई राजाले हुर्काएका हुन्,’ उनले भने, ‘अहिले यिनै कम्युनिस्ट राजा बने ।’ नेकपाको आन्तरिक झगडाप्रति कांग्रेसलाई कुनै रुचि नभएको पनि सभापति देउवाले बताए । देउवाले जुलुसले प्रतिनिधिसभा विघटनको निर्णय जुलुसले नगर्ने पनि दोहोर्‍याएका छन् । ‘जुलुस हेरेर निर्णय गर्ने होइन,’ उनले भने, ‘अदालतको निर्णय हामीलाई मान्य छ । अदालतभन्दा ठूलो अदालत जनता हुन् ।’ विचाराधीन मुद्दामा ‘यो गर, त्यो गर’ भन्न नमिल्ने पनि उनले बताए । ‘अदालतको निर्णय कुरौँ, अनि पार्टीले के गर्ने तय गरौँला भनेको हुँ,’ उनले भने, ‘यस्तोभन्दा हाम्रा साथीहरु कोही के कोही के भनिरहेका छन् ।’