दार्चुला: दार्चुलामा बँदेलको आक्रमणबाट ३ जना घाइते भएका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–३ मल्बावमा जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते भएका हुन।

सोमबार बिहान गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बँदेललाई धपाउने क्रममा १६ वर्षीय गोविन्द धामी, उनकी ७५ वर्षीया आमा धौली धामी, अन्दाजी २० वर्षीय अनिल धामीमाथि आक्रमण भएको स्थानीयले बताएका छन्।  घाइते भएका धौली धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनको गोकुलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागी कैलाली रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।