32.9 C
Mahendranagar

जथाभावी पार्किङ्गले अस्तव्यस्त महेन्द्रनगर बजार

  • 159
    Shares

महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा ट्राफिक व्यवस्ता अस्तव्यस्त बन्दै गएको छ ।
महेन्द्रनगरको सबैभन्दा बढी भीडभाड हुने गल्ली नम्बर ५ अर्थात क्याम्पस रोड र गल्ली नम्बर १ मा अव्यवस्थीत रुपमा सडकमा गरिएका पार्किङ्गले पैदल यात्रुलाई समेत हिडडुलमा कठिनाई हुने गरेको छ । गल्ली नम्बर ५ मा रहेका बैङ्कका सेवाग्राहीले सडक क्षेउमै सवारी पार्किङ्ग गर्दा समस्या हुनेगरेको छ ।
क्याम्पस रोडमा रहेका बैंक, वित्तीय संस्था र व्यापारिक पसल अगाडि सवारी साधनको अव्यवस्थीत पार्किङ्गले हैरानी खेप्नुपरेको छ । बजारका साँघुरा गल्लीहरूमा दुवैतर्फ जथाभावी सवारी साधन रोक्दा दुर्घटनाको जोखिम बढेको छ भने अर्कातर्फ शहर कुरुप देखिएको छ । बजार क्षेत्रमा पार्किङ स्थल नहुँदा जथाभावी पार्किङ हुने गरेको स्थानीयको भनाई छ ।
बजार क्षेत्रमा हुने अव्यवस्थीत पार्किङ्ग नियन्त्रणका लागि ट्राफिक प्रहरीले समेत ध्यान नदिदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

  • 159
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...